२०८३ साउन २१ गते बिहीबार

हेलिकप्टर चार्टर गरी म्याग्दी पुगेर निर्मल पुर्जाले लिए गैरआवसीय नागरिकता

हेलिकप्टर चार्टर गरी म्याग्दी पुगेर निर्मल पुर्जाले लिए गैरआवसीय नागरिकता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक २४ गते शुक्रबार ०६:२४

बेलायती विशेष सैनिक फोर्सबाट अवकाश लिएका पूर्जा गैरआवासीय नेपाली नागरिकता लिन काठमाडौबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी पुगे

म्याग्दी
पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले हेलिकप्टर चार्टर गरेर जन्मथलो म्याग्दीमा आएर गैरआवासीय नेपाली नागरिकता बनाएका छन् ।

बेलायती सेनाको विशेष सैनिक फोर्सबाट अवकाश लिएका पूर्जा गैरआवासीय नेपाली नागरिकता लिन काठमाडौबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी आएका थिए । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जालाई प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गैरआवासीय नागरिकता हस्तान्तरण गरेका थिए ।

उनले गैरआवासीय नागरिकताले मातृभूमिप्रति गौरवान्वित भएको बताउँदै नागरिकताको सुविधाले गैरआवासीय नेपालीको लगानी भित्राउनसमेत सहज हुने बताए । जन्मभूमी म्याग्दीमै रहेका धौलागिरी र अन्नपूर्ण हिमालबाट ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड सहित अन्य विभिन्न किर्तिमानी समेत रहेको पूर्जाले हालै संसारको अग्लो सगरमाथा हिमालबाट स्काइभ डाइभ समेत गरेका थिए ।

जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने किर्तीमानी समेत कायम गरेका छन् । नागरिकता लिएपछि बेनीमा १५ मिनेट बिताएका पुर्जा हेलिकप्टरबाटै अमादम्बा हिमालतर्फ लागेका थिए ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले कत्तिक १७ गतेदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको थियो । हालसम्म ४ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको प्रजिअ पौडेलले बताए ।

४० जनाले गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन पेश गरेको प्रजिअ पौडेलले बताए । यसअगाडी म्याग्दीबाट घवलागिरी गाउँपालिका वडा नं ६ मराङ घर भई हाल अष्टे«लियामा बस्ने दिपक भण्डारी र सोही गाउँपालिकााको वडा नं ७ ताकम घर भई हाल अमेरिका बस्ने ऋषिनाथ सुवेदीले पहिलोपटक एकैदिन लिएका थिए ।

प्रकाशित मिति २०८० कात्तिक २४ गते शुक्रबार ०६:२४
हजुरको प्रतिक्रिया