२०८३ साउन २१ गते बिहीबार

भूकम्पपीडितलाई राहतको पोको (फोटो फिचर)

भूकम्पपीडितलाई राहतको पोको (फोटो फिचर)

विनोद ढुंगाना

@Public 4K Tv

२०८० कात्तिक २७ गते सोमबार ०६:२५

चर्किएको घरमा जोखिम भएपछि त्रिपालमुनि चिसो रात काट्न भूकम्पपीडित बाध्य छन् ।

भएभरको अन्नपात घर ढलेर पुरिएपछि दुई छाक जोहो गर्न राहतको भर पर्नुपरेको छ ।

पोखरा

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका बस्तीहरु तहसनहस भएका छन् ।

मानवीयसँगै धनजनको क्षति व्यहोरेका यहाँका स्थानीयको घरमात्रै भत्किएको छैन मन उस्तै चर्किएको छ ।

नढलेका अग्ला देखिने घर पनि सग्ला छैनन् । चर्किएको घरमा जोखिम भएपछि त्रिपालमुनि चिसो रात काट्न भूकम्पपीडित बाध्य छन् ।

भएभरको अन्नपात घर ढलेर पुरिएपछि दुई छाक जोहो गर्न राहतको भर पर्नुपरेको छ ।

 

सघं, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न संघसंस्थाले भूकम्पपीडितलाई राहत उपलब्ध गराइरहेका छन् ।

स्थानीय तहले सकभर एकद्वार प्रणालीमार्फत राहत वितरणको चाजोपाँजो मिलाएका छन् ।

पब्लिक फोर के टेलिभिजनकर्मी विनोद ढुंगान रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको विभिन्न स्थानमा वितरणको दृश्य कैद गरेका छन् ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति २०८० कात्तिक २७ गते सोमबार ०६:२५
हजुरको प्रतिक्रिया