२०८३ साउन २१ गते बिहीबार

महिला टी २० सिरिजः नेपालले दियो जापानलाई ११४ रनको लक्ष्य

महिला टी २० सिरिजः नेपालले दियो जापानलाई ११४ रनको लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २ गते शनिबार ०९:१८

पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको हो

हङकङमा जारी महिला टी २० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ।

हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको हो।

नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन्।

त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन्। उनले ३२ बलमा ५ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन्। ओपनर पुजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन्।

बलिङतर्फ जापानकी एलिना कुसुदा क्वीनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एकरएक विकेट लिइन्।

लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। सिरिजको उपाधिका लागि आयोजक हङकङ र तान्जानिया खेल्दा तेस्रो स्थानका लागि नेपालले पुनः जापानसँगै खेल्नेछ।

प्रकाशित मिति २०८० मंसिर २ गते शनिबार ०९:१८
हजुरको प्रतिक्रिया