२०८३ साउन २१ गते बिहीबार

फाइनलमा अस्ट्रेलियालाई भारतकाे २४१ रनको मध्यम चुनौती

फाइनलमा अस्ट्रेलियालाई भारतकाे २४१ रनको मध्यम चुनौती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ३ गते आइतबार ०६:२९

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध जितका लागि भारतले २४१ रनकाे लक्ष्य पेश गरेकाे छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित पुरै ओभर खेलेर १० विकेटकाे क्षतिमा २४० रन बनाएकाे हाे । भारतका लागि केएल राहुलले सर्वाधिक...

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध जितका लागि भारतले २४१ रनकाे लक्ष्य पेश गरेकाे छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित पुरै ओभर खेलेर १० विकेटकाे क्षतिमा २४० रन बनाएकाे हाे ।

भारतका लागि केएल राहुलले सर्वाधिक ६६ रन बनाए। बिराट काेहलीले ५४ रन जाेडे भने कप्तान राेहित शर्मा ४७ रन बनाएर पवेलियन फर्के। यो विश्वकपमा विराटले सर्वाधिक रन जोडेका छन्। उनले ११ खेलमा ७६५ रन जोडेका हुन्।

सुर्यकुमार यादव १८ र कुलदीप यादव १० बाहेक भारतका अन्य ब्याट्सम्यान कसैले पनि दाेहाेराे अंक जाेड्न सकेनन् । कसिलाे बलिङ प्रस्तुत गरेका अस्ट्रेलियाका बलरहरूले भारतीय ब्याट्सम्यानलाइ खुलेर खेल्न दिएनन् । भारतका शुभमन गिल ४, श्रेयस एैयर ४, रविन्द्र जडेजा ९, माेहम्मद शामी ६, जसप्रित बुमराह १ र माेहम्मद सिराज ९ रनमा पवेलियन फर्के ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले १० ओभरकाे बलिङ गर्दै ५५ रन दिएर ३ विकेट हात पारे । कप्तान प्याट कमिन्स र जाेस हेजलवुल्डले समान २ विकेट लिएकाे खेलमा एडम जाम्पा र म्याक्सवेलले समान १ / १ विकेट हात पारे । भारतका माेहम्मद सिराज अन्तिम ओभरकाे अन्तिम बलमा रन आउट भए ।

भारत र अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा दोस्रो पटक भिडेका हुन्। यसअघि २००३ मा अस्ट्रेलियाले भारतलाई १२५ रनले पराजित गरेको थियो। ३६० रनको लक्ष्य पछ्याएको भारत २३४ रनमा समेटिँदै पराजित बनेकाे थियाे ।

केहिबेरमा अस्ट्रेलियाले जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित मिति २०८० मंसिर ३ गते आइतबार ०६:२९
हजुरको प्रतिक्रिया