२०८३ साउन २१ गते बिहीबार

पाेखरामा हृदय चन्द्र सिंह प्रधानकाे ‘एक चिहान’काे मञ्चन हुने

पाेखरामा हृदय चन्द्र सिंह प्रधानकाे ‘एक चिहान’काे मञ्चन हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ४ गते सोमबार ०१:०५

पोखरामा नाटक ‘एक चिहान’काे मञ्चन हुने भएको छ । साहित्यकार हृदयचन्द्र सिंह प्रधानले लेखेकाे उपन्यासमाथि नाटक मञ्चन हुन लागेकाे पाेखरा थियटरका अध्यक्ष परिवर्तनले बताए । नाटकमा  जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल,  उमा पुन, गोपाल...

पोखरामा नाटक ‘एक चिहान’काे मञ्चन हुने भएको छ । साहित्यकार हृदयचन्द्र सिंह प्रधानले लेखेकाे उपन्यासमाथि नाटक मञ्चन हुन लागेकाे पाेखरा थियटरका अध्यक्ष परिवर्तनले बताए ।

नाटकमा  जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल,  उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल , मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतिक घिमिरे, शुशिल बराल,  प्रतिक घिमिरे, रोहित पौडेल, प्रथम श्रेष्ठ,  रमेशबाबु तिमल्सिना, सोनिया कार्की खत्री, अनुषा परियार, लगायतका कलाकारकाे अभिनय रहनेछ।

साहित्यकार हृदय चन्द्र सिंह प्रधानकाे उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्धारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ । यो उपन्यासका माध्यमबाट प्रधानले लेखनकालिन नेपाली समाजका नारीहरुले भोग्नु परेका यातना, किसानहरु माथीको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिहरुबाट मुक्तिको मार्ग निर्देश गरेका छन् ।

उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् । सह–निर्देशन अञ्जु दाहालले गर्ने नाटकमा हरिदेवी कोइरालाको असारे गीत समेत समावेश गरिनेछ ।

नाटककाे वेषभूषामा रोशनी रामदाम, प्रकाश परिचालनमा रमेशबाबु तिमल्सिना, मिलन श्रेष्ठ, सुसन पौडेल, ध्वनी परिचालनमा अनुशा परियार, रञ्जु दाहाल, रोहित पौडेल, लेखामा शुभेच्छा शर्मा, पोस्टर डिजाइनमा अनिशा खरेल, प्रचार प्रसारमा प्रथम श्रेष्ठ, मञ्च निर्माणमा शुशिल बराल, जनक पराजुली, रविन्द्र मल्ल, गोपाल भुषाल मञ्च सामाग्रीमा दिप्शना विश्वकर्मा, उमा पुन, भान्छा प्रबन्धकमा सोनिया कार्की खत्री, बजार व्यवस्थापनमा प्रकाश पराजुली, मञ्च प्रबन्धकमा रहेर धनकाजी श्रेष्ठले सघाउनेछन् ।

नेपाली गरीब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थबादी नाटक हो । वि.स २०११ सालतिरको निम्न वर्गीय जीवनको यथार्थलाइ नाटक एक चिहानमा प्रस्तुत गरिएको छ । गरिबी, वाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको नाटकमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ ।

नाटक मंसिर १० गतेदेखि पौष ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । विद्यार्थीलाई लक्षित गरेर मञ्चन गर्न लागिएको यो नाटक बुकिङ शो मार्फत मञ्चन गर्ने पोखरा थिएटरले तयारी गरेकाे छ।

नाटक हेर्न विद्यार्थीले २ सय रुपैयाँ तिर्नुपर्नेछ । शनिबार बाहेक बिहान ८ बजे, साढे १० बजे र दिउँसो साढे १२ बजे मञ्चन गर्ने थिएटरको तयारी छ । शो बुकिङ हुने क्रम सुरु भइसकेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले  बताए ।

प्रकाशित मिति २०८० मंसिर ४ गते सोमबार ०१:०५

हजुरको प्रतिक्रिया