२०८३ असोज २४ गते शनिबार

केपी ओली कप क्रिकेटः बाग्मतीको सुखद सुरुवात

केपी ओली कप क्रिकेटः बाग्मतीको सुखद सुरुवात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ७ गते बिहीबार ०४:५४

बाग्मतीले १०९ रनको फराकिलो जीत निकाल्न सफल भयो ।

पोखरा

बिहीबारदेखि सुरु केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले सुखद सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ बाग्मती प्रदेशसँग स्तब्ध भएको हो ।

बाग्मतीले १०९ रनको फराकिलो जीत निकाल्न सफल भयो । पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा १८५ रनको लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ ले १४ ओभर २ बलमा ७५ रन मात्रै बनायो ।

बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । बागमतीका लागि ओपनर रित गौतमले सर्वाधिक ७४ रन बनाए ।

मदन भण्डारी ‘रातो’ का कप्तान अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक १३\१३ रन बनाए ।

मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् क्लबका २ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले ५ लाख रुपैयाँको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट बलरले नगद २० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

शुक्रबार पहिलो खेलमा कर्णाली प्रदेश र बाग्मती प्रदेश भिड्नेछन् । दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्याटिङ र बलिङ गर्दै प्रतियोगिताको सुरुआत गरेका हुन् ।

प्रकाशित मिति २०८० मंसिर ७ गते बिहीबार ०४:५४
हजुरको प्रतिक्रिया