पोखरा
तनहुँको भीमाद रंगशालामा अर्ना कप ११ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
यूबा क्लब भीमादले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी युवा क्लबले विजयी सुरुवात गरेको छ ।
नेपाल युनाइटेड युकेलाई २–१ लाई गोल अन्तरले स्तब्ध पार्दै शुक्लागण्डकीको सुखद सुरुआत भएको हो । शुक्लागण्डकी क्वाटरफाइन प्रवेश गरेको छ ।
शुक्लाण्डकीका लागि अभिषेक रानाले पहिलो हाफको अतिरिक्त समयमा टिमका लागि पहिलो गोल गरे ।
नेपाल युनाइटेडले ५२ औं मिनेटमा गोल फकार्उदै खेललाई बराबरीको स्थितीमा पु¥याए । ७१ औं मिनेटमा शुक्लागण्डकीका घाम गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । बाँकी समयमा युकेका खेलाडीले गोल फर्काउन नसकेपछि गुरुङको गोल शुक्लागण्डकीका लागि निर्णायक बन्यो ।
शुक्रबार डेढगाउँ फुटबल क्लबसँग आयोजक युवा क्लब भीमाद ‘निलो’ प्रतिस्पर्धामा उत्रनेछ ।
दोस्रो भिडन्त संगम फुटबल क्लब र ज्योतिपुञ्ज युवा क्बलबीच हुनेछ ।
१२ टोली सहभागि प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख १ हजार १११ रुपैयाँ साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, गोलरक्षक, फर्वाड र डिफेन्डरले जनही ५÷५ हजार रुपैयाँ पाउनेछन् ।
प्रकाशित मिति २०८० मंसिर ७ गते बिहीबार ०६:४१




