पोखरा
पोखरामा जारी केपि ओलि कप टि-२० क्रिकेटमा बाग्मती प्रदेशले लगातार दोस्रो जीत दर्ता गराएको छ ।
शुक्रबार भएको खेलमा बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको हो ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ६ विकेट गुमाउदै १८९ रन बनायो ।
१ सय ९० रनको लक्ष्य पाएको कर्णालिले ९९ रनमै समेटिएको छ । १७ ओभर ३ बलमा ९९ रनमै समेटिएको हो ।
बागमती प्रदेश पाेखरामा जारी केपि ओली कप टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।
शुक्रबार कणर्ाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश केपि ओली कपको सेमिफाइलनमा प्रवेश गरेको हो ।
बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।
३ ओभर ३ बल बलिङ गरेका कप्तान सन्दीपले ९ रन खर्चेर ४ विकेट लिएका हुन् ।
बागमतीले पहिलो खेलमा बिहीबार मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ लाई १ सय ९ रनले पराजित गरेको थियो ।
दोस्रो खेल अहिले गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ ।
मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमिका २ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
विजेताले ५ लाख रुपैयाँको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछ।
म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट बलरले नगद २० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन्।
प्रकाशित मिति २०८० मंसिर ८ गते शुक्रबार ०१:५२




