२०८३ असोज २४ गते शनिबार

पोखरामा भोलिदेखि आइटीएफको वर्ल्ड टेनिस टुर जे–३०

पोखरामा भोलिदेखि आइटीएफको वर्ल्ड टेनिस टुर जे–३०

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ८ गते शुक्रबार ०५:३५

पोखरा रंगशालाको टेनिस कोर्टमा शनिबार र आइतबार छनोट चरणका खेल सञ्चालन गरिनेछ ।

पोखरा
पोखरामा शनिबारदेखि आइटिएफ वल्र्ड टेनिस टुर जे–३० सुरु हुँदैछ ।

कास्की जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगितामा देश विदेशबाट १११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

२ साता चल्ने प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइड’ र ‘मेन ड्र’ मा ६४ खेलाडीको सहभागिता हुनेछ ।

महिलातर्फ ४७ खेलाडी प्रतिस्पर्धामा उत्रदैछन् ।

पुरुषतर्फ भारतका ४४, नेपालका १०, जापनका ४, अमेरिकाका २, रसिया, क्यानेडा, चीन र श्रीलंकबाट १÷१ जना जे–३० खेल्न आउने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार महिलातर्फ भारतका ३०, नेपालका ७ सहित जापन, अमेरिका, थाइल्याण्ड, नर्वे,काजकिस्तान जापान, हङकङ लगायतका देशबाट खेलाडी सहभागि हुनेछन् ।

‘आइटिएफ वल्र्ड टेनिस टुर जे–३० प्रतियोगितामा पुरुष तथा महिला सिंगल्स र डबल्समा १३ बर्षदेखि १८ बर्षभित्रका खेलाडीहरुले र्‍यांकिङ आधारमा मेन ड्रमा छिर्न पाउनेछन् ।

बाँकीले क्वालिफाइड छनोट भएर यो प्रतिस्पर्धा गर्ने गुरुङले बताए ।

प्रतियोगितामा विजेता खेलाडी सिंगलतर्फ ३० अंक, उपविजेताले १८, सेमिफाइनलिष्टले ९, क्वाटरफाइनलिष्टले ५ र राउण्ट अफ सिक्टिनमा पुग्नेले आइटीएफको २ अंक पाउने प्राविधिक निर्देशक अजय विष्टले बताए ।

डबल्सतर्फ विजेताले २५ अंक, उपविजेताले १३ अंक, सेमिफाइनलिस्टले ६ अंक र क्वाटर फाइनलिस्टले ३ अंक प्राप्त गर्नेछन् ।

पोखरा रंगशालाको टेनिस कोर्टमा शनिबार र आइतबार छनोट चरणका खेल सञ्चालन गरिनेछ ।

सोमबारदेखि प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिव २० लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

विदेशी खेलाडी तथा अफिसियल सहभागी हुने भएकाले पोखराको पर्यटनमा प्रतियोगिताले सघाउने अध्यक्ष गुरुङको भनाइ छ ।

प्रकाशित मिति २०८० मंसिर ८ गते शुक्रबार ०५:३५
हजुरको प्रतिक्रिया