२०८३ साउन २१ गते बिहीबार

कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने

कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १९ गते शुक्रबार ०८:०८

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीहरुको शुक्रबार बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको...

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ ।

पदाधिकारी र पूर्वपदाधिकारीहरुको शुक्रबार बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको निन्दा गरेको छ । ‘प्रतिपक्षी विचारलाई निषेध गर्ने दमनकारी रबैया अपनाइएको छ र सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ,’ बैठकमा सहभागी नेता अर्जुननरसिंस केसीले भने, ‘यसको पछिल्लो कडी तनहुँ घटना हो ।’

तनहुँ घटनाका साथै कोभिड-१९ रोकथाम तथा उपचारमा अव्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको निर्णय छ ।

कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ । जटिलता र चुनौतीपूर्ण अवस्थामा सरकार आफ्नै दलको द्वन्द्वमा अलमलिएको भन्दै कांग्रेसले जनजीविकाका मुद्धाहरु उठाउने थलो संसदको अधिवेशन छिट्टो बोलाउनुपर्नेमा जोड दिएको छ ।

पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा पार्टीको आन्तरिक विषयमा २७ केन्द्रीय सदस्यले उठाएको मुद्दाबारे छिटो सहमति खोज्ने समझदारी पनि भएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति २०७७ मंसिर १९ गते शुक्रबार ०८:०८
हजुरको प्रतिक्रिया