२०८३ साउन २१ गते बिहीबार

पोखरामा नेपाल–चाइना फोटो प्रदर्शनी

पोखरामा नेपाल–चाइना फोटो प्रदर्शनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ९ गते शनिबार १२:०१

नेपाल र चीनका प्रकृतिसँगै कला, संस्कृति, पर्यटकीय स्थलका फोटो राखिएको छ ।

पोखरा

पोखरामा नेपाल चाइन फोटो प्रदर्शनी गरिएको छ । लेकसाइडस्थित बाराहीघाटमा फोटो प्रदर्शनी भइरहेको छ ।

नेपाल पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्रीको अवसरमा फोटो प्रदर्शनी गरिएको हो । पोखरा महानगरपालिकाको कार्यालय, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डद्वारा आयोजित प्रतियोगितामा फोटो प्रदर्शनीको संयोजन चाइना कल्चर सेन्टर र नेपाल फोटो पत्रकार संघ कास्कीले गरेका हुन् ।

प्रदर्शनीमा नेपाल र चीनका प्रकृतिसँगै कला, संस्कृति, पर्यटकीय स्थलका फोटो राखिएको छ । प्रतियोगितामा आएका पाहुनासँगै लेकसाइड घुम्न निस्किएकाका पर्यटकले प्रदर्शनीमा राखिएको फोटो चाख मानेर हेरिरहेका छन् ।

शनिबार साँझसम्म फोटो प्रदर्शन चल्नेछ ।

 

प्रकाशित मिति २०८० मंसिर ९ गते शनिबार १२:०१
हजुरको प्रतिक्रिया