२०८३ साउन २१ गते बिहीबार

अर्थ

पोखरामा सडक महोत्सवको तयारी

पोखरामा सडक महोत्सवको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १० गते आइतबार ०४:४५

पुस १२ देखि १६ गतेसम्म पोखराको लेकसाइडमा सडक महोत्सव हुनेछ ।

पोखरा

अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको परिचय बनाएको पोखरा सडक महोत्सवको तयारीमा रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखरा जुटेको छ । पुस १२ देखि १६ गतेसम्म पोखराको लेकसाइडमा सडक महोत्सव हुनेछ ।

फिस्टेल गेटदेखि गैराको चौतारा, जरेबर हुँदै लेकसाइडसम्म ३ किलोमिटर क्षेत्रमा सडकमै महोत्सव हुन्छ । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ नाराका साथ हुने सडक महोत्सव यसपालि २५ औं संस्करण हो ।

महोत्सवको रजत वर्षको रुपमा मनाउदै यसपालि ५ लाख बढी पाहुना भित्र्याउने लक्ष्य लिएको संयोजक विश्वराज पौडेलले बताए । ‘पर्यटन प्रबद्र्धन गर्दै विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जना महोत्सवको उदेश्य हो’, उनले भने ।

महोत्सवको आकर्षणका रुपमा साँस्कृति कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन रहेका छन् । रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटकसँगै पोखराको पर्यटनको विकास, प्रबद्र्धन अवसर र चुनौति विषयमा बहससमेत हुनेछ ।

सडक महोत्सव अन्तर्राष्ट्रियस्तरमै पोखराको पर्यटन ब्रान्ड बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘साढे ५ लाख पर्यटक आउँछन् । त्यसका लागि हामी कुनै पनि सेवा सुविधा पर्यटकलाई दिन हामी तयार छौं’, उनले भने ।

प्रकाशित मिति २०८० मंसिर १० गते आइतबार ०४:४५
हजुरको प्रतिक्रिया