२०८३ साउन २१ गते बिहीबार

फो नेसन्स् इन्टरनेसनल कन्सल्टेन्सीकाे ११ औँ वार्षिकाेत्सव

फो नेसन्स् इन्टरनेसनल कन्सल्टेन्सीकाे ११ औँ वार्षिकाेत्सव

Sailtaaj Kunwar

@Public 4K Tv

२०८० मंसिर १४ गते बिहीबार ०२:५७

सेमिनारमा विद्यार्थीले छात्रवृत्ति, आवश्यक कागजात, प्रक्रियाका बारेमा जानकारी लिएका थिए

पोखराको फो नेसन्स् इन्टरनेसनल कन्सल्टेन्सीले ११ औँ वार्षिकाेत्सव मनाएको छ ।

विद्यार्थीलाई अध्ययनको लागि अमेरीका, अष्ट्रेलिया, क्यानडालगायत विभिन्न देशमा पठाउँदै आइरहेको कन्सल्टेन्सीले पोखरामा एक समारोहबीच वार्षिकोत्सव मनाएको हो ।

फो नेसन्स् इन्टरनेसनल कन्सल्टेन्सी पोखराका प्रमुख नारायण सुवेदीकाअनुसार अध्ययनको लागि जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने गरी सेमिनारको आयोजना गरेको छ ।

सेमिनारमा विद्यार्थीले छात्रवृत्ति, आवश्यक कागजात, प्रक्रियाका बारेमा जानकारी लिएका थिए । सेमिनारमा फो नेसन्स् इन्टरनेसनल कन्सल्टेन्सी सिड्नी अष्ट्रेलियाका प्राचार्य विलियम डाइज पोखरा आएका थिए ।

उनले अध्ययनको लागि जान चाहने विद्यार्थीहरुको जिज्ञासा मेटाएका थिए ।

कन्सल्टेन्सीका शिक्षक सरला थापाले शैक्षिक अध्यनका लागि विद्यार्थीले धेरैभन्दा धेरै जानकारी लिएरमात्र जानुपर्ने बताइन् ।

जुन देशमा जाने हो, त्यहाँको शैक्षिक अवस्था, रहनसहन, कानुन, विधिनियम बुझेर जाने विद्यार्थीलाई सहज हुने र छिटो अवसर पनि प्राप्त गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति २०८० मंसिर १४ गते बिहीबार ०२:५७
हजुरको प्रतिक्रिया