२०८३ असोज २४ गते शनिबार

आइटीएफ जे–३० मा एलेक्सि र आसाकुरा विजेता

आइटीएफ जे–३० मा एलेक्सि र आसाकुरा विजेता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १६ गते शनिबार ०८:१२

शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधि जितेका हुन् ।

पोखरा

पोखरामा आयोजित आइटीएफ जे–३० टेनिस प्रतियोगिताको पुरुष सिंगलतर्फ रुसका एलेक्सि सिभायव विजेता भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधि जितेका हुन् ।

महिला एकलतर्फ जापानकी उता आसाकुरा विजेता भइन् । उनले भारतकी यासिका सोकिनलाई फाइनल खेलमा १–६, ६–४ र सुपरटाइमा ६–० ले पराजित गर्दै उपाधि विजेता बनिन् ।

पुरुष डबल्सतर्फ जापानका को फुजिकावा र रोया सासामोतोको जोडीले भारतका प्रविर मुकेस छाप्दा र अमृत मोण्डको जोडीलाई १–६, ६–४ र सुपरटाईमा १०–५ ले पराजित गर्दै विजेता बने ।

महिला डबल्सतर्फ भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै एन्जल पटेल र यासिका सोकिनको जोडीलाई ६–२, ६–१ को सटेमा पराजित गर्दै विजयी भए ।

कास्की जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको दोश्रो सर्किट आगामी सोमबारदेखि सुरु हुनेछ ।

 

प्रकाशित मिति २०८० मंसिर १६ गते शनिबार ०८:१२
हजुरको प्रतिक्रिया