२०८३ साउन २१ गते बिहीबार

मादी गाउँपालिकाको राष्ट्रपति रनिङ सिल्डको उपाधि ध्रुब माविलाई

मादी गाउँपालिकाको राष्ट्रपति रनिङ सिल्डको उपाधि ध्रुब माविलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १७ गते आइतबार ०६:२८

रनिङ सिल्डसँगै ध्रुब माविले ४० हजार रुपैयाँ प्राप्त गरेको छ ।

पोखरा

पाँचौ संस्करणको मादी गाउँपालिका विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि ध्रुब माविले जितेको छ । कूल १९३ अंक प्राप्त गर्दै ध्रुब माविले रनिङ शिल्डको उपाधि जितेको हो ।

रनिङ सिल्डसँगै ध्रुब माविले ४० हजार रुपैयाँ प्राप्त गरेको छ ।

११० अंक प्राप्त गर्दै जनकल्याण माविले दोस्रो स्थान हासिल गरेको छ । ७७ अंक ल्याएको सिताराम माविले तेस्रो स्थान हासिल गर्दा ७१ अंकसहित राष्ट्रज्योति माविले चौंथो स्थान हासिल ग¥यो ।

दोस्रो, तेस्रो र चौथोले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा छात्र छात्रातर्फ भलिबल, कबड्डी, १ सय, २ सय र ४ सय मिटरको दौड, हाइजम्प, लङजम्प, सर्टफुट, ज्याबलिङ थ्रो खेल भएका थिए ।

शुक्रबारदेखि सुरु प्रतियोगितामा १० विद्यालयको सहभागिता थियो ।

प्रकाशित मिति २०८० मंसिर १७ गते आइतबार ०६:२८

हजुरको प्रतिक्रिया