२०८३ साउन २१ गते बिहीबार

पाेखराका ५० सहित गण्डकी प्रदेशमा १०६ संक्रमित थपिए

पाेखराका ५० सहित गण्डकी प्रदेशमा १०६ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २० गते शनिबार ०४:१९

पाेखरा । पाेखरा महानगरपालिकामा सनिवार थप ५० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । माछापुच्छ्रे गाउँपालिकाका २ जनासहित कास्कीमा सनिवार ५२ जना संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । यता,...

प्रदेशभर हालसम्म १२ हजार ५८५ संक्रमित

पाेखरा । पाेखरा महानगरपालिकामा सनिवार थप ५० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । माछापुच्छ्रे गाउँपालिकाका २ जनासहित कास्कीमा सनिवार ५२ जना संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

यता, गण्डकी प्रदेशभर भने सनिवार थप १०६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जस अनुसार कास्कीका ५२ जना, बाग्लुङका १८ जना, लमजुङका १६ जना, तनहुँका ६ जना, म्याग्दीका ३ जना, पर्वतका २ जना, गाेरखाका ७ जना र मुस्ताङका २ जना रहेका छन् ।

यससंगै समग्र प्रदेशभर हालसम्म कुल संक्रमितकाे संख्या १२ हजार ५८५ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर २० गते शनिबार ०४:१९
हजुरको प्रतिक्रिया