२०८३ असोज २३ गते शुक्रबार

औद्यगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा

औद्यगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २० गते बुधबार ०७:४९

१ जना भाग्यशाली दर्शकले गोलाप्रथाबाट स्कुटर उपहार प्राप्त गर्नेछन् ।

पोखरा

पोखरामा हुने ३२ औं संस्करणको राष्ट्रिय औद्यगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजार प्रदर्शनी केन्द्रमा बिहिबारदेखि पुस १ गतेसम्म मेला चल्नेछ ।

हाल ९३ प्रतिशत तयारी सकिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए । स्टल, स्टेज निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

मेलामा २५० स्टल रहनेछ । महिला उद्यमशीलतालाई प्रबद्र्धन गर्न हस्तकलाको तालिमको व्यवस्था मेलास्थलमै मिलाइएको छ ।

मेलामा ९० लाख रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । ८० लाख रुपैयाँ खर्च भएर १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य छ । ‘बचत रकमबाट उद्यमशीलता प्रबद्र्धन र व्यवसायीको क्षमता अभिवृद्धीमा खर्चनेछौं’, उनले भने ।
मेला अवलोकन गर्न आउने १ जना भाग्यशाली दर्शकले गोलाप्रथाबाट स्कुटर उपहार प्राप्त गर्नेछन् ।

पोखरा उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्यागिक व्यापार मेला गरेको थियो । कोरोनाको विशषम परिस्थितीमा पनि मेलाले निरन्तरता पाएको थियो ।

‘मेलाले गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी र प्रदेशको पर्यटकीय सम्भावना उजागर गरेको छ’, अध्यक्ष प्रजापतिको दाबी थियो ।

प्रकाशित मिति २०८० मंसिर २० गते बुधबार ०७:४९
हजुरको प्रतिक्रिया