पोखरा
३२ औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला नयाँबजारको प्रदर्शनी केन्द्रमा पुस १ गते सम्म चल्नेछ ।
‘लगानीको सम्बर्द्धन, उद्योग व्यवसायको प्रबर्द्धन’ नाराका साथ आयोजित मेलाको बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
मुख्यमन्त्री पाण्डेले सरकारी नितिनियमले व्यवसायि क्षेत्रमा समस्या देखिए सहजीकरण प्रदेश सरकार तयार रहेको बताए ।
उद्योगी व्यवसायीले रोजगारी सिर्जनामा जोड दिनुपर्ने उनको भनाइ छ । उनले पोखरालाई छिट्टैपर्यटकीय राजधानी घोषणा गर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले शिक्षा, स्वास्थ्य, स्थानीय हस्तकलार पर्यटन क्षेत्रको विकासको लागि महोत्सवको आयोजना गरेको जानकारी दिए ।
पोखराको उद्योग व्यवसाय र पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिन मुख्यमन्त्री समक्ष उनको आग्रह थियो ।
मेला उद्घाटनको अवसरमा पोखराका विभिन्न जातजातीको कला संस्कृति झल्कने झाँकीसहितको ¥याली निकालिएको थियो ।
पोखरा उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापार मेला गरेको हो । कोरोनाको विषम परिस्थितीमा पनि मेलाले निरन्तरता पाएको थियो ।
मेलामा २५० स्टल रहनेछ । महिला उद्यमशीलतालाई प्रबद्र्धन गर्न हस्तकलाको तालिमको व्यवस्था मेलास्थलमै मिलाइएको छ ।
मेलामा ९० लाख रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । ८० लाख रुपैयाँखर्च भएर १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य छ ।
मेला अवलोकन गर्न आउने १ जना भाग्यशाली दर्शकले गोलाप्रथाबाट स्कुटर उपहार प्राप्त गर्नेछन् ।
प्रकाशित मिति २०८० मंसिर २१ गते बिहीबार ०६:२६




