'चिहानमा पुगिसकेको राजतन्त्र फर्किनेवाला छैन'
पाेखरा
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेमात्रै यो देशको विकास गर्ने दाबी गरेका ओलीले आफू नेतृत्वको सरकार चुनावसम्म रहेको भए अरु पार्टीको राजनीतिक सटर बन्द हुने बताएका छन् ।
ओली नेतृत्वको मध्यपहाडी लोकमार्ग यात्रा पोखरा प्रवेश गरेसँगै मीलनचोकमा सम्वोन गर्दै एमालेको सरकार भएको सबैको झुटको खेती बन्द हुने बताएका हुन् ।
‘यीनका झुटका खेती बन्द हुन्थे, त्यसकारण डराए । देशी विदेशी शक्ति मिलेर ढलाउन खोजे,’ ओलीले भने, ‘एमाले झन बलियो भएर आएको छ ।’
हेमजाको मीलनचोकमा सम्वोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले मरेर चिहानमा पुगिसकेको राजतन्त्र फर्किनेवाला नरहेको बताएका छन् ।
अहिले सरकार छजस्तो पनि र छैनजस्तो पनि रहेको ओलीको बताए । अहिलेको सरकारले भ्रस्टाचार र कमिसनतन्त्रको जालामात्र फिँजाएको उनको भनाइ थियो ।
‘सरकार छैनजस्तो पनि छ । छैन भन्ने हो भने छ, भत्ता खाएकोखायै छ, झण्डा हल्लाकोहल्लाई छ । छ भन्ने हो भने जनता हेर्दैन, राष्ट्रियताका पक्षमा बोल्दैन, सुशासन ल्याउँदैन,’ ओलीले भने, ‘विकास ठप्प छ । महंगी बढेको छ, अर्थतन्त्र ध्वस्त भएको छ ।’
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा लाखौंको संख्यामा सहभागी हुने ओलीले दाबी छ ।
शुक्रबार पोखरामै पुष्पलालको शालिकमा माल्र्यापर्ण गर्दै अमरसिंह चोक, तालचोक, रुपा गाउँपालिका हुँदै लमजुङ पुग्ने छन् ।
प्रकाशित मिति २०८० मंसिर २१ गते बिहीबार ०९:०३




