पोखरा । उपत्यकाबाहिरको प्रतिष्ठित फुटबल प्रतियोगिता आहारारा गोल्ड कपकाे २३ औं संस्करण माघको दोस्रो साता हुने भएको छ ।
आयोजक साहारा क्लबले शुक्रबार एक विज्ञप्ति जारी गरी २३ औं संस्करण माघको दोस्रो साता हुने जनाएकाे हाे । क्लवले विगतमा जस्तै यसपटक पनि ए डिभिजन क्लबसँगै माेफसलका विभिन्न क्लव र विदेशी टिम सहभागी हुने जानकारी दिएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा सबै स्तरका क्लबले भाग लिन पाउने भए पनि छनोटका लागि छुट्टै टिम गठन गरिनेछ ।
‘क्राइसिसले गर्दा यो पटक आहारारा पोखरा गोल्डकप हुन्छ कि हुँदैन भनेर धेरैले प्रश्न गरिराख्नुभएको छ । निश्चय नै प्रतियोगिता हुन्छ’, आयोजक सहारा क्लबका अध्यक्ष केशवराज बरालले भने, ‘तर, सहभागी हुने टिम छनोट गर्न ‘टिम सम्पर्क कमिटी’ गठन गरिनेछ । त्यो टिमले ओके गरेपछि मात्रै प्रतियोगितामा भाग लिन पाउनेछन् ।’
मूल आयोजक कमिटी गठन गर्न बाँकी रहेकाले त्यसपछि मात्र कस्ता टिम सहभागी हुने भन्ने टुंगो लाग्ने बताए ।
प्रतियोगिताको २२ औैं संस्करण संकटा क्लबले जितेको थियो भने अमेरिकाको भुटनिज स्पोर्टस् क्लब उपविजेता बनेको थियो ।
प्रतियोगिताबाट बचत रकम क्लबले सञ्चालित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको निःशुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गर्दै आएको छ ।
प्रकाशित मिति २०८० मंसिर २२ गते शुक्रबार ०७:४८




