पोखरा ।
यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
दुबईको आईसीसी एकेडेमी मैदान ‘टू’मा बिहान सवा ११ बजे सुरु हुने खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
एसिया कपको समूह एमा रहेको नेपाल र अफगानिस्तान दुवै आज पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाल र अफगानिस्तान दुवैलाई जित्नै पर्ने दबाब छ ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग र अफगानिस्तानले भारतसँग समान ७ विकटको हार व्यहोरेका थिए ।
यस्तै बिहान सवा ११ बजे नै सुरु हुने अर्को खेलमा समूह ए का भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली आज लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रिने छन् ।
प्रकाशित मिति २०८० मंसिर २४ गते आइतबार ०९:४८