२०८३ साउन २१ गते बिहीबार

काेराेनाका कारण पाेखराका ३ तथा लमजुङका १ जना गरि गण्डकी प्रदेशमा थप ४ काे ज्यान गयाे

काेराेनाका कारण पाेखराका ३ तथा लमजुङका १ जना गरि गण्डकी प्रदेशमा थप ४ काे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २१ गते आइतबार ०३:१४

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा थप ४ जनाकाे ज्यान गएकाे छ । सनिबार र आइतबार गरि थप ४ जनाकाे निधन भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे हाे । निधन हुनेहरूमा ३ जना पाेखरा महानगरपालिकाका रहेका छन्...

प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १७० पुग्याे

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा थप ४ जनाकाे ज्यान गएकाे छ । सनिबार र आइतबार गरि थप ४ जनाकाे निधन भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे हाे । निधन हुनेहरूमा ३ जना पाेखरा महानगरपालिकाका रहेका छन् भने १ जना लमजुङ बेशिशहरका संक्रमित हुन् ।

पाेखरा महानगरपालिका वडा नं. १६ की ६६ बर्षीय काेराेना संक्रमित महिलाकाे २१ गते आइतबार बिहान उपचारकै क्रममा पाेखराकाे मणिपाल शिक्षण अस्पतालमा निधन भएकाे छ । नीजमा गत १५ गते काेराेना पुष्टि भएकाे र काेराेनाका अलावा श्वासप्रश्वासकाे समस्या रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

पाेखरा महानगरपालिका वडा नंं. १ का ७५ बर्षीय संक्रमित पुरूषकाे आज बिहान उपचारका क्रममा पाेखराकाे गण्डकी मेडिकल कलेजमा निधन भएकाे छ । नीजमा गत १५ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । नीजमा काेभिड निमाेनिया, मृगाैलासम्वन्धी समस्या रहेकाे थियाे ।

पाेखरा महानगरपालिका वडा नं. १७ का ३४ बर्षीय काेराेना संक्रमित पुरूषकाे हिजाे सनिबार उपचारकै क्रममा पाेखराकाे चरक मेमाेरियल अस्पतालमा निधन भएकाे छ । नीजमा गत ७ गते काेराेना पुष्टि भएकाे तथा हाइपरटेन्सन, मृगाैलासम्वन्धी समस्या रहेकाे थियाे ।

लमजुङ जिल्ला बेशिशहर नगरपालिका ११ की ४३ बर्षीय महिलाकाे समेत उपचारकै क्रममा हिजाे सनिबार पाेखराकाे मणिपाल शिक्षण अस्पतालमा निधन भएकाे छ । मृतकमा गत ९ गते काेराेना पुष्टि भएकाे तथा डायविटिज लगायतका समस्या रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

यससंगै काेराेना भाइरसकाे संक्रमणपछि गण्डकी प्रदेशमा कुल १७० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति २०७७ मंसिर २१ गते आइतबार ०३:१४
हजुरको प्रतिक्रिया