२०८३ साउन २१ गते बिहीबार

शान्ति श्रीषले ल्याइन् ‘जाम हिँड साइँली’

शान्ति श्रीषले ल्याइन् ‘जाम हिँड साइँली’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २४ गते आइतबार ११:३३

गायनमा उनलाई सुगम संगीतका चर्चित गायक स्वरुपराज आचार्यले साथ दिएका छन् ।

पोखरा

गायिका शान्ति श्रीष मगरले नयाँ गीत ‘जाम हिड साइँली’ डिजिटल बजारमा ल्याएकी छन् ।

शान्ति श्रीषको अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

गायनमा उनलाई सुगम संगीतका चर्चित गायक स्वरुपराज आचार्यले साथ दिएका छन् ।

सुरेश राना मगरको शब्द संगीतमा गीत तयार भएको हो ।

मौसम हिमालीको कथा, निर्देशन र कोरियोग्राफीमा तयार गीतको म्युजिक भिडियोमा गौरव पहारी र रजनी गुरुङ फिर्चड छन् ।

नयाँ गीतबाट आशावादी रहेको उनले बताइन् । ‘समय सान्दर्भिक गीत भएकाले पनि आशा जागेको छ’, उनले भनिन्, ‘देशको अवस्थालाई चित्रित गर्न खोजिएको छ । परदेशीन बाध्य हुनुपर्ने युवाको अवस्थालाई झल्काइएको छ ।’

पोखराकी श्रीषको यस अघि ‘गल्छी झरेसी’, ‘जुन तारा’, ‘फूल जस्तो मेरो जोवान’ लगायतका गीत बजारमा आएका छन् ।

प्रकाशित मिति २०८० मंसिर २४ गते आइतबार ११:३३
हजुरको प्रतिक्रिया