२०८३ असोज २४ गते शनिबार

गण्डकी प्रदेश

लमजुङमा क्रिसमसको सामूहिक भोज खाने ३१ जना विरामी, १ को मृत्यु

लमजुङमा क्रिसमसको सामूहिक भोज खाने ३१ जना विरामी, १ को मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २४ गते आइतबार १२:५९

क्रिसमसको अवसरमा सामूहिक भोज खाएपछि सहभागीलाई पखला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएको हाे

३ जनालाई थप उपचारका लागि चितवन पठाइयो

पाेखरा

लमजुङको सुन्दर बजार नगरपालकामा क्रिसमसको अवसरमा सामूहिक भोज खाएर विरामी परेका ३१ मध्ये १ जनाको मृत्यु भएको छ ।

सुन्दरबजार नगरपालिका वडा नम्बर ९ तल्लो बजार बस्ने ३२ वर्षीया देवी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता इन्स्पेक्टर थानेश्वर चपाईँले जानकारी दिए ।

सुन्दर बजार नगरपालिका वडा नम्बर ८ मा २२ गते रातिसम्मै क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको अवसरमा सामूहिक भोज खाएपछि सहभागीलाई पखला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएको थियो ।

३ जनालाई पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने बाँकीको नमूना अस्पताल सुन्दर बजारमा उपचार भइरहेको छ ।

सामूहिक भोजमा मासु, भात, दाल, तरकारी, मुलालगायतको अचार खाएको पाइएको प्रहरीले जनाएकोे छ । खानाको नमूना परीक्षणका लागि संकलन गरिएको छ ।

प्रकाशित मिति २०८० मंसिर २४ गते आइतबार १२:५९
हजुरको प्रतिक्रिया