२०८३ साउन २१ गते बिहीबार

क्रिकेटमा नेपाल र भारत आज भिड्दै

क्रिकेटमा नेपाल र भारत आज भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २६ गते मंगलबार ०७:५४

एसिया कपको सेमिफाइनलमा पुग्ने टोलीको टुंगो नलागेकाले आजको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ ।

पोखरा

एसिसी यु—१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारतको खेल हुँदैछ । समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग प्रतिष्पर्धा गर्न लागेको हो । खेल आज बिहान पौने ११ बजे दुबईमा हुँदैछ । एसिया कपको सेमिफाइनलमा पुग्ने टोलीको टुंगो नलागेकाले आजको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ ।

गणितीय हिसाबले समूहका चारै टिम सेमिफाइनल पुग्ने सम्भावना छ । तर, नेपालका लागि भारत बलियो प्रतिष्पर्धी हो । उसले पहिलो खेलमा अफगानिस्तानलाई हराए पनि दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।
नेपालले भने दुबै खेल हारेको छ । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति २०८० मंसिर २६ गते मंगलबार ०७:५४

हजुरको प्रतिक्रिया