२०८३ साउन २१ गते बिहीबार

आइतबार प्रदेशभर ९५ संक्रमित थपिए, ६२ जना पाेखराका मात्रै

आइतबार प्रदेशभर ९५ संक्रमित थपिए, ६२ जना पाेखराका मात्रै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २१ गते आइतबार ०५:५१

पाेखरा । आइतबार गण्डकी प्रदेशभर थप ९५ संक्रमित थपिएका छन् । प्रदेशभर ९५ संक्रमित थपिँदा पाेखरा महानगरपालिकाका मात्रै ६२ जना संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । आइतबार रूपा गाउँपालिकाका ३ जना...

प्रदेशभर हालसम्म १२ हजार ६९३ जनामा संक्रमण पुष्टि

पाेखरा । आइतबार गण्डकी प्रदेशभर थप ९५ संक्रमित थपिएका छन् । प्रदेशभर ९५ संक्रमित थपिँदा पाेखरा महानगरपालिकाका मात्रै ६२ जना संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

आइतबार रूपा गाउँपालिकाका ३ जना संक्रमितसहित कास्कीमा थप ६५ जना संक्रमित बनेका छन् । अन्य संक्रमितहरूमा नवलपरासी पूर्वका १४ जना, तनहुँका ९ जना, स्याङ्जाका ३ जना, म्याग्दीका २ जना, गाेरखा र लमजुङका एकएक जना रहेका छन् ।

गण्डकी प्रदेशभर हालसम्म १२ हजार ६९३ जनामा संक्रमण पुष्टि भएकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर २१ गते आइतबार ०५:५१
हजुरको प्रतिक्रिया