२०८३ साउन २१ गते बिहीबार

शिक्षा

पोखरामा प्रदेश स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

पोखरामा प्रदेश स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

शैलताज कुँवर

@Public 4K Tv

२०८० मंसिर २९ गते शुक्रबार ०५:३५

  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) गण्डकी प्रदेशले प्रदेशस्तरीय निबन्ध प्रतियोगिता गरेको छ । हिसान गण्डकीद्वारा आयोजित प्रतियोगितामा आज शुक्रबार गण्डकी प्रदेशका हिसानमा आवद्द विद्यालयका विद्यार्थीहरुकाबीच...

 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) गण्डकी प्रदेशले प्रदेशस्तरीय निबन्ध प्रतियोगिता गरेको छ ।

हिसान गण्डकीद्वारा आयोजित प्रतियोगितामा आज शुक्रबार गण्डकी प्रदेशका हिसानमा आवद्द विद्यालयका विद्यार्थीहरुकाबीच प्रतिस्पर्धा भएको हो ।

हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमका प्रमुख अतिथि हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त थिए ।

शुभकामना मन्तब्य व्यक्त गर्दै पन्तले निबन्ध प्रतियोगिताले विद्यार्थीहरुको सिर्जनात्मक क्षमता विकासका लागि महत्वपूर्ण रहने धारणा व्यक्त गरे । आ–आफ्ना विद्यालयबाट छनौट हुनु र प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुनु आफैँमा गौरवको विषय भएको भन्दै सहभागी विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरे ।

संस्थाका वरिष्ठ उपाध्यक्ष डा. रामजी शर्माले निबन्ध प्रतियोगिताले पार्ने प्रभाव र विद्यार्थीले भविष्यमा आफ्नै परिवेशमा भविष्य खोज्नुपर्ने धारणा राख्दै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरे ।

स्टेप बाइ स्टेपकी प्राचार्य निर्मला बरालले विद्यार्थीहरुको व्यक्तित्व विकासमा यस्ता कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने जिकिर गरेकी हुन् ।

निबन्ध प्रतियोगिताका संयोजक तथा संस्थाका सचिव डा. पुण्यप्रसाद शर्माले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमको सञ्चालन गरे ।

गोला प्रथाद्वारा छनौट गरिएको निबन्ध प्रतियोगिताको विषय प्राविधिक शिक्षा ः विकासको आधार रहेको थियो ।

 

उक्त प्रतियोगिताको नतिजा स्थानीय पत्रिकामा प्रकाशित गरिने र संस्थाको अधिवेशनको अवसर पारी विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित मिति २०८० मंसिर २९ गते शुक्रबार ०५:३५
हजुरको प्रतिक्रिया