२०८३ साउन २१ गते बिहीबार

पोखरा म्याराथनको तयारी तीब्र

पोखरा म्याराथनको तयारी तीब्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ३० गते शनिबार १०:१६

नेपाल भूतपूर्व खेलाडी मञ्चले आगामी फागुन ५ गते पोखरामा म्याराथन गर्दैछ ।

पोखरा

१८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीब्र पारिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले आगामी फागुन ५ गते पोखरामा म्याराथन गर्दैछ ।

म्याराथनमा पुरुषतर्फ ४२.१९६ किलोमिटर, महिलातर्फ हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर महिला/पुरुष, ५ किलोमिटर छात्र/छात्रा, ह्विलचियर, दृष्टिविहिन र रन फर फनमा १० हजार बढी धावक दौडनेछन् ।

आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले म्याराथनलाई व्यवस्थित बनाउन सरोकारवाला पक्षसँग छलफल थालेको छ । शुक्रबार मञ्चका आजिवन सदस्यसँग अन्तरक्रिया भएको छ ।

अन्तरक्रियामा सहभागि आजिवन सदस्य पोखरा म्याराथनलाई थप स्तरीय बनाउन एकमत भए । । आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरेर म्याराथनलाई सफल पार्ने उनीहरुको प्रतिबद्धता छ ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले म्याराथनले पोखराको पर्यटन प्रबद्र्धन गरेको बताए । पोखरा म्यारथनले गतवर्षदेखि एम्स र वल्र्ड एथेलेटिक्सको मान्यता पाएको उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय मान्यताले चुनौति थपिएको उनको भनाइ छ । ‘हामीले अन्तर्राष्ट्रिय मान्यता पाएका छौं । प्रविधिमैत्री बन्नुपर्नेछ । प्रविधिमैत्री बन्दाखेरी खर्च बढ्ने चुनौति छ’, पराजुलिले भने । पोखरेलीको साथले हौसिएको उनले बताए ।

ञ्चका निर्वतमान अध्यक्ष तेजबहादुर गुरुङले यो वर्ष धावकले नाम दर्तादेखि शुल्क अनलाइनबाटै तिर्ने व्यवस्था मिलाएको बताए ।

उनका अनुसार गत वर्ष पहिलोपटक पुरुषतर्फ ४२.१९६ किलोमिटरको म्याराथनमा धावकलाई चिप्स लगाइएको थियो । यसपालि सबै इभेन्टमा चिप्सको प्रयोग गर्ने प्रयासमा रहेको बताए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले म्याराथन सफल पार्न सहयोग गर्न तत्पर रहेको बताए । पोखरा खेलकुद शहरका रुपमा स्थापित भएको उनको भनाइ छ । ‘म्याराथनले खेलकुदमात्र नभई समग्र पोखराको पर्यटन क्षेत्रलाई समेत टेवा पु¥याएको छ’, उनले भने ।

१८ औं संस्करणमा सहभागी हुन ३० बढी विदेशी धावकले नाम दर्ता गराइसकेका छन् । गतवर्ष १६ देशका खेलाडी म्याराथनमा सहभागि थिए । आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले म्याराथनलाई सफल पार्न २३ उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिसकेको छ ।

प्रकाशित मिति २०८० मंसिर ३० गते शनिबार १०:१६

हजुरको प्रतिक्रिया