२०८३ साउन २१ गते बिहीबार

पिएम कप महिला क्रिकेटः गण्डकीको टोलीलाई विदाइ

पिएम कप महिला क्रिकेटः गण्डकीको टोलीलाई विदाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ३ गते मंगलबार ०९:३५

पुस ५ गतेदेखि काठमाडौंमा हुने पिएम कपमा गण्डकीको टोली कुसुम गोदारको कप्तानीमा मैदानमा उत्रनेछ ।

पोखरा

पिएम कप महिला राष्ट्रिय टि–२० क्रिकेटमा सहभागी हुने गण्डकीको टोलीलाई विदाइ गरिएको छ । मंगलबार विदाइ गरिएको हो ।

नेपाल क्रिकेट संघको आयोजनामा पुस ५ गतेदेखि काठमाडौंमा हुने पिएम कपमा गण्डकीको टोली कुसुम गोदारको कप्तानीमा मैदानमा उत्रनेछ ।

टोलीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल, सृष्टि जैशी, सुमन खतिवडा, ज्योत्सिन्का मरासिनी, निरु जिटी, आकृती तिवारी, शिला रेग्मी क्षेत्री, श्रेया शर्मा, धनकुमारी चौधरी, रचना चौधरी र अर्मिन अधिकारी रहेका छन् ।

प्रशिक्षकमा गोविन्द प्रधान, टिम म्यानेजरमा विन्दु केसी र टेक्निकल एनालिष्टमा सोनयविक्रम तिवारी रहेका छन् ।

मंगलबार काठमाडौं प्रस्थान गर्ने टोलीलाई गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विदाइ गरिन् । उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न उनको आग्रह छ ।

प्रकाशित मिति २०८० पुस ३ गते मंगलबार ०९:३५
हजुरको प्रतिक्रिया