२०८३ साउन २१ गते बिहीबार

ब्राउन सुगरसहित पोखराबाट तीन जना पक्राउ

ब्राउन सुगरसहित पोखराबाट तीन जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ५ गते बिहीबार ०७:१५

जिल्ला अदालत कास्कीबाट बिहीबार १० दिनको म्याद थप गरेर लागुऔषध सम्बन्धी मुद्वामा अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

पोखरा

जिल्ला प्रहरी कास्कीले ३.५ ग्राम लागु औषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार साँझ पोखराको पृथ्वीचोकस्थित एक होटलबाट बिक्रीवितरण भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामको टोलीले छापा मार्दा ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका– १० बस्ने ३० वर्षीय सवि अली, संखुवासभाको खाँदबारी–१ बस्ने सन्दीप अधिकारी र धादिङको रोराङ गाउँपालिका–२ का २५ वर्षीय सविन घले रहेका छन् ।

उनीहरुको साथबाट ३.५ ग्राम ब्राउनसुगर जस्तै देखिने खैरो रङको धुलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

उनीहरुको साथबाट ४ थान मोबाइलसहित नगद पनि बरामद भएको छ ।

जिल्ला अदालत कास्कीबाट बिहीबार १० दिनको म्याद थप गरेर लागुऔषध सम्बन्धी मुद्वामा अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० पुस ५ गते बिहीबार ०७:१५
हजुरको प्रतिक्रिया