२०८३ साउन २१ गते बिहीबार

आर्थिक गतिविधि बढाउन महोत्सव हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

आर्थिक गतिविधि बढाउन महोत्सव हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ५ गते बिहीबार ०७:३८

गाँजालाई बैधता दिने तयारीमा प्रदेश सरकार रहेको मुख्यमन्त्री पाण्डेले सुनाए ।

लेखनाथ महोत्सव सुरु

लेखनाथ

१९ औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना गरेको महोत्सवको बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

उनले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताए । कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवा रहर या बाध्यताले विदेश जानुपरेको उनको भनाइ थियो ।

गाँजालाई बैधता दिने तयारीमा प्रदेश सरकार रहेको मुख्यमन्त्री पाण्डेले सुनाए । ‘गाँजालाई वैधता दिने प्रदेश सरकारले तयारी गरिरहेको छ । यसलाई लागूपदार्थ भन्दा पनि औषधीको रुपमा अपनाउने हो’, उनले भने ।

पुस १६ गते सम्म चल्ने महोत्सवमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, राष्ट्रिय स्तरका चर्चित कलाकारको सांगीतिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक तथा दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभाको खोजी लगायत कार्यक्रम हुनेछ ।

३३४ स्टल रहने महोत्सवमा घरेलु, ग्रामिण तथा शैक्षिक प्रदर्शनी, कृषि, राष्ट्रिय उत्पादन, मेशनरी, गार्मेन्ट लगायतको प्रदर्शनीसँग खरिदबिक्रीको व्यवस्था मिलाएको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले बताए ।

महोत्सवमा ९० लाख रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । १० लाख रुपैयाँ बचत हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८० पुस ५ गते बिहीबार ०७:३८

हजुरको प्रतिक्रिया