पोखरा
लेखनाथमा जारी १९औं संस्करणको लेखनाथ महोत्सवको दोश्रो दिन शुक्रबार २० हजार दर्शकले अवलोकन गरेका छन् ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा शुक्रबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको र ३० लाख बराबरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिए ।
महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरु शंकर विरही गुरुङ, जानकी तारमी मगर, सरस्वती लामिछाने, केशव देवकोटा, शान्ता वर्देवा, शुरेस रमण अधिकारी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।
शनिबार लोकदोहोरीतर्फ कलाकारहरु पुरुषोत्तम न्यौपाने, शिव हमाल, चोलेन्द्र पौडेल, टेक क्षेत्री, अस्मिता डल्लाकोटी, रुपा घर्तिमगर, लक्ष्मी वानिया, हास्यव्यग्यतर्फ गुन्द्रुके समुहको प्रस्तुती रहनेछ भने बेलुका लाईभ कन्सर्टमा समिक्षा अधिकारी, सञ्जिव सिंह राना र अलबिन थापाको प्रस्तुती रहने महासचिव जानुका पराजुलीले जानकारी दिइन।
यस्तै, महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । शनिबार बिदाको दिन समेत परेकाले दर्शकहको संख्या वढ्नुका साथै कारोबारमा पनि बृद्धि हुने आयोजकले अपेक्षा छ ।
प्रकाशित मिति २०८० पुस ७ गते शनिबार ०८:३३




