२०८३ असोज २४ गते शनिबार

आइतबारदेखि पोखरा रनिङ शिल्ड तथा मेयर कप

आइतबारदेखि पोखरा रनिङ शिल्ड तथा मेयर कप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ७ गते शनिबार ०६:५५

भलिबलमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पाउनेछन् ।

२३६ पदको होडमा ३२ सय विद्यार्थीबीच प्रतिस्पर्धा

पोखरा

पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि सुरू हुँदैछ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता पोखरा रंगशालामा हुनेछ ।

चार विधाका विभिन्न खेलमा २३६ पदक प्राप्त गर्न ३ हजार २ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिए । उनका अनुसार ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि ११० विद्यालयबाट सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ ।

छात्रछात्र भलिबल कबड्डी, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल हुने अध्यक्ष गोदारले बताए ।

भलिबलमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पाउनेछन् ।

कबड्डीमा छात्रछात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

एथ्लेटिक्स एकल छात्रछात्रामा ११ जनाले ३/३ हजार, त्यसपछिका ११ जनाले २/२ हजार र बाँकी ११ जनाले १/१ हजार रुपैयाँ पाउने छन् ।

कराते, उसु र मार्सल आर्टस्मा १२ जनाले ३/३ हजार, त्यसपछिका १२ जनाले २/२ हजार र बाँकी १२ जनाले १/१ हजार पाउने छन् । अन्य विधाका खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न २३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

गत वर्षको पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ४ कास्य गरेर १३ पदकसहित टप्स मावि च्याम्पियन बनेको थियो ।

सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित २० पदक गरेर सैनिक दोस्रो र शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक प्राप्त गर्दै तेस्रो भएको हो ।

प्रकाशित मिति २०८० पुस ७ गते शनिबार ०६:५५

हजुरको प्रतिक्रिया