२०८३ साउन २१ गते बिहीबार

मंगलबारदेखि पोखरा ओपन तथा भेट्रान्स टेनिस हुदै

मंगलबारदेखि पोखरा ओपन तथा भेट्रान्स टेनिस हुदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ८ गते आइतबार ०२:१०

१२ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले बताए ।

पोखरा

पोखरामा मंगलबारदेखि १९ औं संस्करणको पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पुस १० देखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिताको तयारी पूरा भएको आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

पोखरा रंगशाला टेनिस एरिनामा १२ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले बताए ।

महिला पुरुष सिंगल, डबल्ससँगै ३५, ४५, ५५ र ६५ वर्षमाथिको उमेरसमूहमा प्रतिस्पर्धा हुने उनले जानकारी दिए ।

नेपालका वरियता प्राप्त खेलाडीसँगै भारत, युके, बंगलादेश लगायतबाट २२० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ १३ जना खेलाडी सहभागी हुने जनाइएको छ ।

ओपनतर्फ महिला पुरुष सिंगलको विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । डबल्सतर्फको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँले पुरस्कृत हुनेछन् ।

३५ वर्षमाथिको सिंगल विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४५ वर्षमाथि सिंगल विजेतालाई ४० हजार र उपविजेतालाई २० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

५५ वर्षमाथि सिंगलको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउने आयोजक कास्की जिल्ला टेनिस संघले जनाकारी दिएको हो ।

३५, ४५ र ५५ वर्षमाथिको डबल्स प्रतिस्पर्धाको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ जित्नेछन् ।

ओपनतर्फ सिंगल, डबल्ससँगै ३५, ४५ र ५५ वर्ष माथि उमेर समूहका प्रतिस्पर्धाका सेमिफाइनलिस्टलाई समेत १० हजार रुपैयाँ प्रदान गर्ने जनाइएको छ ।

६५ वर्ष माथिको सिंगलतर्फको विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् । पुरस्कारमा मात्रै ८ लाख रुपैयाँ खर्च हुनेछ ।

प्रकाशित मिति २०८० पुस ८ गते आइतबार ०२:१०

हजुरको प्रतिक्रिया