पोखरा
पोखरा महोत्सवको तयारीमा यूनाइटेड क्लब जुटेको छ ।
१२ औं संस्करणको पोखरा महोत्सव पुस २६ देखि माघ ८ गतेसम्म हुनेछ ।
महोत्सवबाट भएको आम्दानीले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनसँगै खुल्ला चिडियाखाना सेती नदी संरक्षणमा काम गर्ने क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए ।
यसपालिको बचतले लेखनाथको अर्चलेमा रहेको क्लबको आफ्नै जग्गामा गरिव जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्न आवासीय छात्रावास निर्माणमा समेत रकम छुट्याउने भएको छ ।
छात्रावास निर्माणमा बचतको १५ प्रतिशत रकम विनियोजन गर्ने श्रेष्ठले जानकारी दिए ।
१२ दिन चल्ने महोत्सवमा झन्डै २५० स्टल रहनेछ । आइतबारदेखी नै स्टल बुकिङ खुल्ला गरिएको उल्लेख छ ।
२ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ ।
१ करोड १७ लाख ५० हजार रुपैयाँ आम्दानी र ३४ लाख २५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य छ ।
महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धिको दिशामा डो¥याउनेमा क्लबका अध्यक्ष श्रेष्ठ विश्वस्त छन् ।
महोत्सवमा विभिन्न जातजातीको कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादन, हस्तकलाका सामाग्री, सूचना प्रविधीको प्रदर्शनी एवं बिक्रीको व्यवस्था मिलाइएको छ ।
प्रकाशित मिति २०८० पुस ८ गते आइतबार ०६:४८




