२०८३ साउन २१ गते बिहीबार

लागु औषधसहित २ जना पक्राउ

लागु औषधसहित २ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ८ गते आइतबार ०६:५३

पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर लागु औषध मुद्वामा अनुसन्धान अगाडि बढाइएको छ ।

पोखरा

कास्की प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । शनिबार राती पोखरा–३२ लामेआहालबाट गाँजासहित १ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१ घरभइ लामेआहाल बस्ने २६ वर्षीय डेमन्सबहादुर गुरुङ रहेका छन् ।

उनको साथबाट साढे २ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

यस्तै शुक्रबार साँझ पोखरा–२६ सिस्नेरीका २९ बर्षीय राजु भुजेल पक्राउ परेका थिए । उनको साथबाट डाइजापाम, फेनरागन र नुर्फिन १२/ १२ एम्पुल बरामद भएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर लागु औषध मुद्वामा अनुसन्धान अगाडि बढाइएको छ ।

 

प्रकाशित मिति २०८० पुस ८ गते आइतबार ०६:५३
हजुरको प्रतिक्रिया