२०८३ साउन २१ गते बिहीबार

पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको ज्यान गयो

पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको ज्यान गयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १० गते मंगलबार ०९:५८

ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

पोखरा ।

पोखरामा गएराति कारले पैदलयात्रीलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

बाग्लुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले राति पौने १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा बाग्लुङको ढोरपाटन नगरपालिका ६ घर भइ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

प्रकाशित मिति २०८० पुस १० गते मंगलबार ०९:५८
हजुरको प्रतिक्रिया