२०८३ असोज २३ गते शुक्रबार

अंग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा सडक महोत्सव

अंग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा सडक महोत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १२ गते बिहीबार ०८:१४

‘सडक मै खाउँ, सडक मै रमाऔं’ नाराका साथ आयोजित महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

पोखरा
पोखरामा पर्यटक तान्ने ब्राण्ड बनेको २५औं संस्करणको सडक महोत्सव आजबाट सुरु हुँदैछ । अंग्रेजी नयाँ वर्षमा अवसरमा हुने महोत्सवको आज पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नेछन् । महोत्सव उद्घाटन पूर्व लेकसाइडको हल्लनेचोबाट बाजागाजा सहित संस्कृतिक झाँकी निस्कने छ । झाँकी महोत्सवस्थल कोमागाने पार्कसम्म पुग्ने रेबान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।

‘सडक मै खाउँ, सडक मै रमाऔं’ नाराका साथ आयोजित महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुनेछ । लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा हुने महोत्सवमा ५ लाख पर्यटक तथा दर्शक सहभागी हुने आयोजक रेस्टुरेन्ट एन्ड बार एसोेसिएसन नेपाल (रेबान) पोखराको अनुमान छ ।

सडक महोत्सवको पूर्व सन्ध्यामा महोत्सवस्थल वरपरको ३ किलोमिटर क्षेत्रमा बुधबार सरसफाइ गरिएको छ । राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कदेखि वडा प्रहरी कार्यालय बैदाम, मुलाखेत, अम्मट, गौरीघाट, बाराहीघाटहुँदै खहरेसम्म सरसफाइ गरिएको छ ।

प्रकाशित मिति २०८० पुस १२ गते बिहीबार ०८:१४
हजुरको प्रतिक्रिया