राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट १ सय ६८ जनाको नाम सिफारिस भएका छन् ।
गण्डकीका ११ जिल्लाबाट आएका सिफारिसलाई केन्द्रमा जस्ताको त्यस्तै पठाइएको सभापति शुक्रराज शर्माले जानकारी दिए ।
कांग्रेस गण्डकीको बुधबार बसेको बैठकले सबैको नाम केन्द्रमा सिफारिस गरेको हो । राष्ट्रिय सभा जाने दौडमा पूर्व सभामुख नारानाथ रानाभाट, पूर्व मन्त्री गोपालमान श्रेष्ठदेखि मेडिकल व्यवसायी खुमा अर्यालसम्क छन् ।
कास्कीबाट खुलामा पूर्व सभामुख तथा कांग्रेसका पूर्व महामन्त्री रानाभाटसहित नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पूर्वमन्त्री यज्ञबहादुर थापम,आइबहादुर गुरूङ, शुक्रराज शर्मासहित ३१ जना छन् ।
महिलामा १० र अपांगमा २ जनाको नाम सिफारिस भएको छ ।
स्याङ्जामा पूर्वमन्त्री तथा उपसभापति गोपालमान श्रेष्ठदेखि खगेन्द्रराज रेग्मी, मेडिकल व्यवसायी खुमा अर्यालको नाम सिफारिस भएको छ ।
तनहुँबाट रामचन्द्र पोखरेल, ध्रुव वाग्ले, रघु पौडेललगायतको नाम सिफारिस भएको छ । गण्डकीका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली अपांग कोटामा नवलपुरबाट सिसारिस भएका छन् ।
मुस्तङबाट पूर्वमन्त्री रोमी गौचन पनि राष्ट्रिय सभा छिर्ने दाउमा छन् ।





