२०८३ असोज २३ गते शुक्रबार

‘रेस्ट्रोएक्स’ गण्डकी प्रदेशकै उत्कृष्ट स्टार्टअप कम्पनी

‘रेस्ट्रोएक्स’ गण्डकी प्रदेशकै उत्कृष्ट स्टार्टअप कम्पनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १३ गते शुक्रबार ०३:२०

लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड मानिन्छ ।

पोखरा

पोखराको रेस्टुरेन्ट सफ्टवेयर कम्पनी रेस्ट्रोएक्स प्रालिले काठमाडौंमा भएको आठौं ‘आइसिटी अवार्ड’मा गण्डकी प्रदेशबाट उत्कृष्ट स्टार्टअप अवार्ड जितेको छ ।

एक दर्जन बढी प्रि–इभेन्ट, ५ महिनादेखिको छनोट प्रक्रिया पूरा गरी विभिन्न १४ विधामा अवार्ड वितरण गरिएको थियो । त्यसबाहेक सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

प्रदेश उत्कृष्ट स्टार्टअपमा गण्डकीबाट रेस्ट्रोएक्ससहित कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्सबी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन अवार्डबाट सम्मानित भए ।

लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड मानिन्छ ।

रेस्ट्रोएक्सका सिइओ स्वदेश नेपालीले प्रदेशबाट उत्कृष्ट स्टार्टअप सम्मानबाट सम्मानित भएपछि आफूहरुलाई हौसला मिलेको बताए ।

‘आइटी क्षेत्रमै केही गरौं भनेर लागिरहेका छौं । यो सम्मानले अझै यसमै केही राम्रो गरौं भन्ने हौसला दिएको छ,’ उनले भने ।

रेस्ट्रोएक्स प्रालिको मुख्य कार्यालय पोखरा जिरो किलोमिटरमा छ । यो सफ्टवेयर रेस्टुरेन्ट, होटल तथा क्याफेलाई डिजिटल रुपमा व्यवस्थापन गर्न बनाइएको नेपालीले जानकारी दिए ।

उनका अनुसार हाल उक्त सफ्टवेयर १५ सयभन्दा बढी रेस्टुरेन्टले प्रयोगमा ल्याएका छन् ।

प्रकाशित मिति २०८० पुस १३ गते शुक्रबार ०३:२०
हजुरको प्रतिक्रिया