पोखरा
रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले आयोजना गरेको २५ औं सडक महोत्सवमा शनिबार डुंगा दौड प्रतियोगिता भएको छ ।
खुला डुंगा दौडमा स्विमिङपुल घाट ‘ए’ ले उपाधि जितेको छ । उपाधिसँगै स्विमिङपुलले २० हजार रुपैयाँ हात पारेको छ ।
गौरीघाट दोस्रो र बाराहीघाट तेस्रो भए । उनीहरुले क्रमशः १० हजार र ५ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजार सहित प्रमाणपत्र पुरस्करा प्राप्त गरे ।
सडक महोत्सवमै भएको वेटर रेसमा व्यञ्जन रेष्टुरेण्टका रेशमबहादुर अर्याल विजेता हुँदा चिल्ली बारका सुनिल गुरुङ दोस्रो र व्यञ्जनकै सौरभ ठकुरी तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँको साथमा प्रमाण पत्र पाएका छन् ।
वेट्रेसफर्त व्यञ्जनकी मोनिका नेपालीले उपाधि जितिन् । व्यञ्जनकै माया घले दोस्रो, बेलिफका रश्मी तिवारी तेस्रो भइन् ।
उनीहरुले ७ हजार, ५ हजार र ३ हजार रुपैयाँको साथमा प्रमाण पत्र प्राप्त गरे ।
प्रकाशित मिति २०८० पुस १४ गते शनिबार ०६:४७