२०८३ साउन २१ गते बिहीबार

सन २०२४ सुरु, पोखरामा नयाँ वर्षको स्वागत

सन २०२४ सुरु, पोखरामा नयाँ वर्षको स्वागत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १६ गते सोमबार ०७:४८

पर्यटकीय केन्द्र पोखरासहित नेपालका पर्यटकीय क्षेत्र काठमाडौंको ठमेल, चितवनको सौराहा, रुपन्देहीको लुम्बिनी लगायतका ठाउँमा आइतबार साँझ ‘न्यु इयर इभ’ का कार्यक्रम भएका छन् । नयाँ वर्षको स्वागतमा पोखरामा आतिसबाजी समेत गरिएको छ । 

पोखरा

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । ईस्वी संवत्को नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विविध कार्यक्रम हुँदैछन् ।

अंग्रेजी नयाँ वर्ष मनाउने क्रम नेपालमा पनि बढ्न थालेको छ । पर्यटकीय केन्द्र पोखरासहित नेपालका पर्यटकीय क्षेत्र काठमाडौंको ठमेल, चितवनको सौराहा, रुपन्देहीको लुम्बिनी लगायतका ठाउँमा आइतबार साँझ ‘न्यु इयर इभ’ का कार्यक्रम भएका छन् । नयाँ वर्षको स्वागतमा पोखरामा आतिसबाजी समेत गरिएको छ ।

अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी पुस १२ गतेबाट सुरु भएको २५ औं सडक महोत्सव सन २०२४ लाई स्वागत गरेर आज सकिँदै छ । रेबान पोखराको आयोजनामा लेकसाइडको तीन किमी क्षेत्रमा महोत्सव भइरहेको छ ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालमा पनि घुमघाम गर्ने, पिकनिक खान जाने क्रम बढ्दै गएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन) सुरुवात भएको मानिन्छ ।पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ । विश्वव्यापी रुपमा ईस्वी सम्वत प्रयोगमा भएपनि नेपालमा यो सम्बत प्रचलनमा छैन । भ्रमणमा आउने विदेशी पर्यटकले यसको प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति २०८० पुस १६ गते सोमबार ०७:४८
हजुरको प्रतिक्रिया