२०८३ साउन २१ गते बिहीबार

राजनीति

राष्ट्रिय सभा निर्वाचनका लागि पोखरामा खुल्यो अधिकृतको कार्यालय

राष्ट्रिय सभा निर्वाचनका लागि पोखरामा खुल्यो अधिकृतको कार्यालय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १६ गते सोमबार ०८:०८

राष्ट्रियसभाका अध्यक्ष समेत रहेका एमालेका गणेशप्रसाद तिमल्सिना, एमालेकै दीपा गुरुङ र कांग्रेसका प्रकाश पन्थको कार्यकाल सकिँदैछ

गण्डकीमा ३ सिटका लागि हुँदैछ प्रतिस्पर्धा

पोखरा

राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार निर्वाचन अधिकृतको कार्यालय खुलेको छ ।

गण्डकीमा कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश केशवप्रसाद बास्तोलाको निर्वाचन अधिकृत छन् ।

३ सिटका लागि प्रतिस्पर्धा हुने गण्डकीमा निर्वाचन आयोगले तयारी पनि थालिरहेको छ ।

गण्डकीमा राष्ट्रियसभाका अध्यक्ष समेत रहेका एमालेका गणेशप्रसाद तिमल्सिना, एमालेकै दीपा गुरुङ र कांग्रेसका प्रकाश पन्थको कार्यकाल सकिँदैछ ।

राष्ट्रिय सभाको चुनावको तयारी स्वरुप सोेमबार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको हो । निर्वाचन कार्यालय गण्डकीकै हलमा अधिकृतकाे कार्यालय राखिएकाे सूचना अधिकारी रुद्र  न्याैपानेले जानकारी दिए ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभाका १९ पदको निर्वाचनका लागि सोमबार अधिकृतको कार्यालयहरु खुलेका छन् भने पुस २२ गते मनोनयन हुँदै छ ।

अंगकणित हेर्दा गण्डकीबाट कांग्रेसबाटै टिकट पाएर राष्ट्रिय सभा छिर्न सक्ने देखिएको छ । यसपटक प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख÷उपप्रमुखको १९ मतभार तोकिएको छ ।

१ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका रहेको गण्डकी प्रदेशबाट १ सय ७० जना मतदाता छन् । जसको मतभार ३ हजार २३० हुन आउँछ ।

प्रदेश सभातर्फ ६० जना सदस्य छन् । जसको ३ हजार १८० मतभार हुन आउँछ ।

स्थानीय तह र प्रदेश सभा सदस्यको गरी गण्डकीमा कुल ६ हजार ४१० कुल मतभार हुन आउँछ ।

एक्लाएक्लै चुनाव लड्ने हो भने पनि गण्डकीमा पहिलो पार्टी देखिएको कांग्रेसभित्र विशेषगरी आकांक्षीको लर्को लागेको छ ।

प्रकाशित मिति २०८० पुस १६ गते सोमबार ०८:०८
हजुरको प्रतिक्रिया