२०८३ साउन २१ गते बिहीबार

पाेखरा १६ की एक महिलासहित पाेखरामा थप ४ जनाकाे ज्यान गयाे

पाेखरा १६ की एक महिलासहित पाेखरामा थप ४ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २४ गते बुधबार ०२:५३

पाेखरा । पाेखरामा काेराेना भाइरसकाे संक्रमणका कारण थप ४ जनाकाे ज्यान गएकाे छ । कास्की जिल्ला, पाेखरा महानगरपालिका वडा नंं. १३ का ७७ बर्षीय काेराेना संक्रमित पुरूषकाे २३ गते राती उपचारकै क्रममा मणिपाल शिक्षण अस्पतालमा  निधन भएकाे...

प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १७६ पुग्याे

पाेखरा । पाेखरामा काेराेना भाइरसकाे संक्रमणका कारण थप ४ जनाकाे ज्यान गएकाे छ ।

कास्की जिल्ला, पाेखरा महानगरपालिका वडा नंं. १३ का ७७ बर्षीय काेराेना संक्रमित पुरूषकाे २३ गते राती उपचारकै क्रममा मणिपाल शिक्षण अस्पतालमा  निधन भएकाे हाे । नीजमा गत २२ गतेमात्र काेराेना संक्रमण पुष्टि भएकाे थियाे । मृतकमा काेराेनाका अलावा छातीमा इन्फेक्सन रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

पाेखरा महानगरपालिका १४ का ७४ बर्षीय काेराेना संक्रमित पुरूषकाे २३ गते विहान उपचारका क्रममा पाेखराकाे गण्डकी मेडिकल कलेजमा निधन भएकाे छ । नीजमा गत १७ गते काेराेना पुष्टि भएकाे थियाे । उनमा काेभिड निमाेनिया रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

यस्तै, पाेखरा महानगरपालिका १५ का ६७ बर्षीय संक्रमित पुरूषकाे बुधबार बिहान उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएकाे छ ।  मृतकमा गत २१ गते काेराेना पुष्टि भएकाे थियाे । उनमा श्वासप्रश्वास तथा मधुमेहकाे समस्या रहेकाे निर्देशनालयकाे विज्ञप्तीमा उल्लेख छ ।

यता, पाेखरा महानगरपालिका १६ की ५९ बर्षीय संक्रमित महिलाकाे बुधबार बिहान फिस्टेल अस्पताल पाेखरामा उपचारकै क्रममा निधन भएकाे छ । नीजमा गत १७ गते काेराेना पुष्टि भएकाे थियाे ।

यससंगै गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १७६ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर २४ गते बुधबार ०२:५३
हजुरको प्रतिक्रिया