२०८३ साउन २१ गते बिहीबार

पोखरा -१७ मा जिल्ला स्तरीय खेलकुद रंगशाला बन्ने

पोखरा -१७ मा जिल्ला स्तरीय खेलकुद रंगशाला बन्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २४ गते बुधबार ०३:०४

पाेखरा । पोखरा १७ बिरौटाको पावर हाउस क्षेत्रमा जिल्ला स्तरिय खेलकुद रंगशाला बन्ने भएको छ । साे स्थानसम्म पुग्ने बाटाे निर्माणकाे शुभारम्भ गर्दै बुधबार वडा कार्यालय १७ ले जिल्लास्तरीय रंगशाला बन्ने घोषणा गरेको हो । बाटो निर्माण...

पाेखरा । पोखरा १७ बिरौटाको पावर हाउस क्षेत्रमा जिल्ला स्तरिय खेलकुद रंगशाला बन्ने भएको छ । साे स्थानसम्म पुग्ने बाटाे निर्माणकाे शुभारम्भ गर्दै बुधबार वडा कार्यालय १७ ले जिल्लास्तरीय रंगशाला बन्ने घोषणा गरेको हो ।

बाटो निर्माण कार्यलाई शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले एक वडा एक खेलमैदान बनाउनुपर्ने बताए । दिन प्रतिदिन मानव स्वास्थ्य बिग्रदै गएकाले स्वास्थ्य जिवनका लागि खेलकुद अत्यावश्यक भएको बताए । उनले भने –‘हामीले एक वडा एक खेलमैदान बनाउने विषयमा जोड गरिरहेका छौं । यसले खेलकुदको विकास मात्र होईन हाम्रो स्वास्थ्यलाई पनि निकै फाईदा पुग्छ ।’ खेलमैदान बनाउने विषयमा महानगर सधै साथ दिन तयार रहेको उनको भनाई छ ।

त्यस्तै खेलमैदान निर्माण उपभोक्ता समितिका संयोजक दिपक गोदारले आफुलाई दिईएको जिम्मेवारी इमान्दारीका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले रंगशाला निर्माणको योजना वडाकै पहिलो गौरबको योजना हुने दावी गरे । ९ करोड लागतमा सम्पन्न गर्ने योजना भएपनि अझै अध्ययन गर्दै जाँदा लागत बढ्न सक्ने समेत उनले बताए । पहिलो चरणमा मैदानसम्म बाटोको निर्माण गर्ने र खेलकुद विज्ञका आधारमा उपयुक्त खेलका भौतिक पूर्वाधार निर्माण गरिने अधिकारीले जानकारी दिए ।

रंगशालाका लागि १ बर्षकाे तयारीपछि डिपिआर तयार गरिएको छ । अहिले बाटो बनाउने कार्यलाई वडाबाटै खर्च गरिने र अन्य आवश्यक खर्चका विषयमा स्थानीय, प्रदेश र संघिय सरकारसँग छलफल भैरहेको छ । मैदान जाने बाटो सहित खेल मैदानको क्षेत्रफल १ सय ५५ रोपनी जग्गा रहेको उल्लेख गरिएकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर २४ गते बुधबार ०३:०४
हजुरको प्रतिक्रिया