२०८३ असोज २४ गते शनिबार

दाउरा काट्न रुख चढ्दा खसेर मृत्यु

दाउरा काट्न रुख चढ्दा खसेर मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १८ गते बुधबार ०६:३७

मृत्यु हुनेमा भीमाद नगरपालिका–५ मिर्छुलुङ आमडाँडाका ६५ वर्षीय मनहर्ष राना रहेका छन् ।

पोखरा

तनहुँमा दाउरा काट्न रुख चढ्दा खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमाद नगरपालिका–५ मिर्छुलुङ आमडाँडाका ६५ वर्षीय मनहर्ष राना रहेका छन् ।

उनी आफ्नै बारीमा दाउरा काट्न चिलाउने रुखमा चढ्ढा खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

घाइते उनको उपचारका लागि भीमाद स्वास्थ्य र्चाकी ल्याइएको थियो । उपचारका क्रममा मृत्यु भएको डिएसपी खाँणले जानकारी दिए ।

उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति २०८० पुस १८ गते बुधबार ०६:३७
हजुरको प्रतिक्रिया