२०८३ साउन २१ गते बिहीबार

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक, झन्डै तीन दर्जन शृंखला खेलाइने

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक, झन्डै तीन दर्जन शृंखला खेलाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १९ गते बिहीबार ०४:२२

काठमाडौं नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो २०२४ को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकामा नेपालको पुरुष तथा महिला...

काठमाडौं
नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो २०२४ को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिकामा नेपालको पुरुष तथा महिला टोली, ‘ए’ टिम तथा उमेर समूहका खेलाडीले विभिन्न प्रतियोगिता रहेको छ । क्यानले ए टिम पहिलो पटक घोषणा गर्न लागेको हो ।

क्यानले यो वर्ष राष्ट्रिय टोलीको पुरुष र महिला तथा यू–१९ टोलीले झन्डै तीन दर्जन शृंखला खेल्ने जनाएको छ । नेपालले फेब्रुअरी १० देखि १४ सम्म क्यानडासँग तीन खेलको ओडीआई सिरिज खेल्ने तालिका छ ।

२७ फेब्रुअरी ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिवि मैदानमा त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ ।

१९ मार्च देखी ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ सँग ५ एकदिवसीय र तीन टी–२० खेल खेल्ने तालिकामा उल्लखे छ ।

 

 

प्रकाशित मिति २०८० पुस १९ गते बिहीबार ०४:२२
हजुरको प्रतिक्रिया