२०८३ साउन २१ गते बिहीबार

शोभाको नेतृत्वमा भिटोफ गण्डकीको नयाँ समिति

शोभाको नेतृत्वमा भिटोफ गण्डकीको नयाँ समिति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १९ गते बिहीबार ०७:३३

‘हामी काठमाडौं राजधानीदेखि नै वाक्कदिक्क छौं त ! थानकोट पुगेपछि किन पोखरा आउ आउँ हुन्छ’, उनको प्रश्न थियो ।

पोखरा

गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको अध्यक्षमा शोभाकुमारी अधिकारी चयन भएकी छन् ।

पोखराको अर्मलाकोटमा भएको भिटोफ गण्डकीको चौंथो अधिवेशनले अधिकारीलाई सर्वसम्मन अध्यक्ष चयन गरेको हो ।

यसअघि उदय सुवेदी नेतृत्वको कार्यसमितिमा अधिकारी उपाध्यक्ष थिइन् ।

प्रथम उपाध्यक्षमा रमेश अर्याल, द्धित्तिय उपाध्यक्षमा शुसिला भण्डारी, सचिवमा लक्ष्मण पहारी, सहसचिवमा विश्व क्षेत्री र कोषाध्यक्षमा शरण गुरुङ निर्वाचित भए ।

सदस्यमा चिन्तामणि पोखरेल, भावना रानाभाट र बिमला सापकोटा निर्वाचित भए । एक सदस्य पछि मनोनित गरिनेछ । नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षे हुनेछ ।

यसअघि भिटोफ गण्डकीको नवौं साधरणसभामा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले भूगोल, परिवेश, रहनसहन, सँस्कृति, धार्मिक रितीरिवाजले ग्रामिण पर्यटनलाई सघाइरहेको बताए ।

उनले गण्डकी प्रदेशको पर्यटनमा स्वदेशी पर्यटनको योगदान बढिरहेको उल्लेख गरे ।

‘धार्मिक वैभवताले भरिपूर्ण हाम्रा प्रदेश हो । हामीले धार्मिक पर्यटनकै माध्यमबाट प्रगती, समृद्धी हासिल गर्न सक्ने सहज उपाय रहेछ’, उनले भने ।

मौलाकालिकादेखि मुक्तिनाथसम्म दैनिक पर्यटकको भीड लागिरहेको उनको भनाइ थियो ।

उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न हतार गर्न नहुने तर्क राखे । ‘हामी काठमाडौं राजधानीदेखि नै वाक्कदिक्क छौं त ! थानकोट पुगेपछि किन पोखरा आउ आउँ हुन्छ’, उनको प्रश्न थियो । उनले राजधानी घोषणा गर्दैमा पर्यटकको संख्या नबढ्ने बताए ।

यसैबिच गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) नेपालले प्रदान गर्ने पर्यटन पत्रकारिता पुरस्कार सञ्जय रानाभाटलाई प्रदान गरिएको छ । ग्रामिण पर्यटन प्रबद्र्धनमा योगदान पु¥याएबापत उनलाई पुरस्कार प्रदान गरेको अध्यक्ष उदय सुवेदीले बताए । प्रत्यक २ वर्षमा यो पुरस्कार प्रदान गरिन्छ । पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति २०८० पुस १९ गते बिहीबार ०७:३३

हजुरको प्रतिक्रिया