२०८३ साउन २१ गते बिहीबार

सकियाे पाेखरा-१६ मा वडाध्यक्ष कप

सकियाे पाेखरा-१६ मा वडाध्यक्ष कप

सविना राना

@Public 4K Tv

२०८० पुस २२ गते आइतबार १२:४२

पाेखरा पोखरा महानगर पालिक १६ तुम्केमा आयोजित वडा अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि अर्मला कोट युवा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ जेसी क्लब गर्लाङलाई सोझो सेटमा हराउँदै अर्मला कोटले उपाधि जितेको हो । सेमिफाइनलमा...

पाेखरा

पोखरा महानगर पालिक १६ तुम्केमा आयोजित वडा अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि अर्मला कोट युवा क्लबले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ जेसी क्लब गर्लाङलाई सोझो सेटमा हराउँदै अर्मला कोटले उपाधि जितेको हो ।

सेमिफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको जेसी क्लब गर्लाङले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा ३–१ सेटले पराजित हुँदै अर्मलाकोटले उपाधि चुम्न पुग्यो ।

त्यस्तै महिलातर्फ नमुना क्लब तुम्केलाई पराजित गर्दै जेसी क्लब गर्लाङ क्लबले जितेको खेल संयोजक दिपक केसी जानकारी दिए ।

महिला तथा पुरुष दुवैतर्फ विजेता तथा उपविजेताले क्रमशः १५ र १० हजार रुपैयाँ हात पारेका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नवउदीयमान खेलाडी अर्जुन गोतामे र गगन गोतामेलाई आगामी मेयर कप खेलको लागि वडाबाट छनोट गरिएको केसीले बताए ।

खेल पुुस १९ गतेदेखि पोखरा महानगपालिका खेलकुद विकास समिति वडा नं १६ र नमुना युवा क्लबको समन्वय र व्यवस्थापनमा सुरु भएको थियो ।

प्रकाशित मिति २०८० पुस २२ गते आइतबार १२:४२
हजुरको प्रतिक्रिया