२०८३ साउन २१ गते बिहीबार

छिमेकी पालिकासँग नजिकदै पोखरा, कार्यक्रम सञ्चालन गर्न डेढ करोड विनियोजन

छिमेकी पालिकासँग नजिकदै पोखरा, कार्यक्रम सञ्चालन गर्न डेढ करोड विनियोजन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २४ गते मंगलबार १२:५१

अन्तरपालिका साझेदारीमा कार्यक्रम गर्नलाई महानगरपालिकाले एक करोड ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

पोखरा

पोखरा महानगरपालिकाले छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अन्तरपालिका साझेदारीमा कार्यक्रम गर्नलाई महानगरपालिकाले एक करोड ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

कार्यक्रम सञ्चालन गर्न पोखरा महानगरपालिकाले छिमेकी पालिकाका प्रमुख र उपप्रमुखसँग समन्वयात्मक बैठक गरेको छ ।

बैठकमा कास्कीका ४ गाउँपालिकासँगै तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको फेदीखोला गाउँपालिकाको सहभागिता रहेको थियो ।

महानगरले ६ वटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी २५ लाखका रुपैयाँको दरले बजेट विनियोजन गरेको मेयर धनराज आचार्यले जानकारी दिए ।

दुवै पालिकाको समन्वयमा द्विपक्षीय हितका लागि यो रकम खर्च हुने उनको भनाइ छ ।

प्रकाशित मिति २०८० पुस २४ गते मंगलबार १२:५१
हजुरको प्रतिक्रिया